पर्सामा भदौ ३१ गतेसम्म निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्सामा भदौ ३१ गतेसम्म निषेधाज्ञा

parsa

वीरगंज, भदौ २५ । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञालाई भदौ ३१ गते राती १२ बजेसम्म कायम राख्ने निर्णय गरेको छ । निषेधाज्ञालाई निरन्तरता दिए पनि शनिबार बाहेक हरेक दिन दिउसो ११ बजे देखी ४ बजे सम्म बजार खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनु भएको छ । वीरगंजमा साउन १० गते देखीनै निषेधाज्ञा लागू छ ।

जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई भाद्र ३१ गते राति १२ बजेसम्म महानगर क्षेत्र भित्र निरन्तरता दिने निर्णय गरेको हो ।

पसलहरू दिउसो ११बजेदेखि ४ बजेसम्म र तरकारी तथा फलफुल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);