मेरो सरकारले खोप थुपारीदिएको छ, लगाउनुस् न छिटोछिटो : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेरो सरकारले खोप थुपारीदिएको छ, लगाउनुस् न छिटोछिटो : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप थुपारेको दाबी गर्दै छिटो वितरण गर्न सरकारलाई दबाव समेत दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो दबाव दिएका हुन् ।

चैत्रसम्म किन पर्खनु हुन्छ ?लगभग एक करोड स्टकमा छ । लगाउनुुुस् न छिटोछिटो ।’ उनको भनाई थियो । अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि चैत्रसम्ममा मात्रै सबै नागरिकलाई खोप उपलब्ध गराउने हो भनेर सरकारलाई आरोप समेत लगाए ।

अध्यक्ष ओलीले प्रतिपक्षलाई गाली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै उनले भन्–‘लक्षण राम्रो छैन । हौसिएर म आगो हुँ, नखेल भनिएको छ । म सम्झन्छु , उहाँले बिगतमा डढेलो लगाएको । त्यसलाई निभाउन पानी खन्याउनु पर्दछ भन्ने म जान्दछु ।’ अध्यक्ष ओलीले धम्की दिन छाडेर काम गर्न सरकारलाई पटक पटक आग्रह गरे ।

अध्यक्ष ओलीले तत्कालीन माओवादीको जनसेनाको अस्थायी शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरे । भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको नीति आएको उल्लेख गर्दै उनले भने – ‘छानबिन गर्ने र कारबाही गर्ने कुरा राम्रो हो । क्यान्टोमेन्टको यत्रो कुरा उठेको छ । यो गठबन्धन सरकारले यस कुराको छानबिन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);