प्रधानमन्त्री ओलीद्वारा आफूनिकटका निवर्तमान सांसदसंग छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा आफूनिकटका निवर्तमान सांसदसंग छलफल

pm kp sharma oli

काठमाडौं, ६ पुष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले ताजा जनादेशमा जानु परेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूसमर्थित सांसदहरुको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

बिभिन्न बहानामा पार्टी भित्रैबाट सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको पनि प्रधानमन्त्रीको भनाई छ । त्यसैगरी भेलाले आइतबारको नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेकोमा त्यसलाई नमान्ने निष्कर्ष पनि निकालेको बैठकपछि निवर्तमान सांसद निरुदेवी पालले जानकारी दिनुभयो ।

त्यस्तै भेलामा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान भेलामा सहभागी सांसदहरुलाई आग्रह गर्नुभएको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीले आज ३ बजे संसद बिघटन गर्नुपरेको विषयमा देशबासीका नाममा सम्बोधन गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);