हर्न निषेधित क्षेत्र भएको भन्ने नै थाहा छैनः धनगढी सवारीसाधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाण्डव पुजारा , साउन २५ , काठमाण्डौँ । धनगढी बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको झण्डै डेढ महिना भैसकेको छ । तर हालसम्म पनि उक्त व्यवस्था कार्यान्वयन भएको छैन । गत असार १ गतेदेखि लागू हुने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनगढी बजारलाई हर्न निधेषित घोषणा गरेको थियो । आवश्यक प्रचार–प्रसार नहुँदा अहिलेसम्म पनि धनगढीका स्थानीय र सवारी चालकहरुलाई हर्न निषेध गरिएको बारे थाहा छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी क्षेत्रमा हर्न निषेधित गरेको झण्डै डेढ महिना वितिसकेको छ । तर यस बारेमा स्थानीयसँगै सवारी चालकहरु नै अनविज्ञ छन् । कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयले समयमै आवश्यक प्रसार–प्रसार गर्न नसक्नु । जसले गर्दा हर्न निषेधित क्षेत्र घोषणा घोषणामै सीमित हुन पुगेको छ । हर्न निषेध गर्ने व्यवस्था स्वागत योग्य कुरा हो तर यसलाई कार्यान्वयन गराउन भने सम्बन्धित पक्षले खासै गम्भीरता देखाएका छैनन् ।

सहरलाई सभ्यतापूर्ण बनाउन हर्न निषेधको व्यवस्थाले सहयोग पु¥याउँछ । तर सडकको संरचनागत अवस्थामा सुधार गर्न सम्बन्धित पक्षले चासो देखाउनुपर्छ । जिल्ला ट्र«ाफिक कार्यालका प्रमुख दिपक पातलीले धनगढी बजारको सडक साँघुरो भएका कारण हर्न निषेधको व्यवस्था कार्यान्वयनमा ल्याउन अप्ठेरा परेको बताउनुभयो ।

सडकको संरचनालाई नै बाहाना बनाउँदै सवारी चालकहरुले हर्न निषेधको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका छन् तर चर्को हर्नले सभ्यतामात्रै नभएर सर्वसाधरणको स्वास्थ्यमा समेत उत्तिकै प्रभाव पारिरहेको छ ।

हर्न निषेधको व्यवस्थालाई कडाइका साथ लागू गर्न सके ध्वनी प्रदुषणमा कमी आउँछ । जसले शहरलाई सभ्य बनाउन र सर्वसाधरणको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नबाट रोक्न सहयोग पु¥याउँछ । त्यसैले ट्राफिक प्रहरीले हर्न निषेधित क्षेत्र कार्यान्वयका लागि प्रचार प्रसारमा जोड दिन आवश्यक छ भने सवारी चालकले पनि नियमको पालना गर्नुपर्छ

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);