उपत्यकामा ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही 

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नप्वर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् ।  यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);