काँगे्रस नेता शाहको हत्या विरोधमा जाजरकोट वन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काँगे्रस नेता शाहको हत्या विरोधमा जाजरकोट वन्द

सरस्वती गिरी १८ चैत जाजरकोट ।
गत मंगलवार खलंगामा अज्ञात समुहद्धारा विभत्स ढंगले हत्या गरिएका काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरुलाइ प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले आज जाजरकोट वन्द गरेको छ । शाहका हत्यारालाइ खोजी गर्न प्रहरीले नसकेको भन्दै तरुण दलले जिल्ला बन्द गरेको हो ।

काँगे्रस नेता शाहको हत्या विरोधमा जाजरकोट वन्द

सरस्वती गिरी १८ चैत जाजरकोट । गत मंगलवार खलंगामा अज्ञात समुहद्धारा विभत्स ढंगले हत्या गरिएका काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरुलाइ प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले आज जाजरकोट वन्द गरेको छ । शाहका हत्यारालाइ खोजी गर्न प्रहरीले नसकेको भन्दै तरुण दलले जिल्ला बन्द गरेको हो । घटना भएको ४ दिन सम्म पनि हत्यारालाइ प्रहरीले समाउन नसक्नु रहस्यमय भएको भन्दै तरुण दलले एक दिन जिल्ला वन्दको आव्हान गरेको हो ।

 

तरुण दलको वन्दका कारण जिल्लाको सम्पुर्ण यातायात, व्यापार र शिक्षण सस्थाहरुको पढाइ ठप्प भएको छ । स्थानीय प्रशासनले हत्याको कारण र हत्यारा पत्ता लगाउन नसकेको भन्दै तरुण दलले जाजरकोट बन्दको आयोजना गरेको हो । हत्याको विरोधमा तरुण दलले सदरमुकाम खलंगमा विरोध पर्दशन गरेको छ । त्यस्तै गैरसरकारी सस्था महासंघ नेपालको अगुवाइमा सदमुकाममा विभिन्न संघसस्थाहरुले पनि विरोध पर्दशन तथा शोक सभा गरेका छन ।

 

प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेलले घटनाको कारण र हत्याराहरु पहिचानका लागि अनुसन्धान भइरहेको बताउनु भयो । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस जाजरकोटका युवा नेता शाहको मंगलबार साँझ अज्ञात समुहले हत्या गरेको हो । भेरी नगरपालिका ३ का स्थायी बासिन्दा ३६ वर्षीय शाहलाइ भेरी नगरपालिका ३ थाप्लेचौरको सातदुलास्थित सडकमा एक्कासि ८÷१० जनाको समुहका आएका व्यक्तिहरुले हत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);