तरुण दलद्धारा बाँके बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

तरुण दलद्धारा बाँके बन्द

banke banda

बाँके, २९ कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शुक्रबार बाँके बन्दको आव्हान गरेको छ । नेपाल तरुण दलका नगर सभापति संन्दिप शाहलाई प्रहरीले झुठो आरोप लगाएर फसाउन खोजेको भन्दै शुक्रबार नेपाल तरुणदलले बाँके बन्दको आव्हान गरेको हो ।

गत असोज १४ गते नगर सभापति संन्दिपलाई अमेरिकी पेस्तोलसहित प्रहरीले समातेको विषयलाई लिएर तरुण दलले विरोध गर्दै आइरहेको छ । बन्दमा कुनै अप्रिय घटना नहोस भनेर प्रहरीको बाक्लो उपस्थिती रहेको छ । बन्दका समयमा एम्बुलेन्स लगाएतका अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न नदिने तरुण दलले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);