तरुण दलले दियो राष्ट्रपतिलाई ‘संविधान उपहार’ | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

तरुण दलले दियो राष्ट्रपतिलाई ‘संविधान उपहार’

bidhya devi

काठमाडौं, ९ फागुन । राष्ट्रपतिको पछिल्लो कदमको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपतिलाई ‘संविधान उपहार’ दिएको छ ।

अघिल्लो सरकारले सविधानको धारा–८६ उपधारा–२ को (ख) बमोजिम सिफारिस गरेका राष्ट्रिय सभा सदस्यको बेवास्ता गरि असंवैधानिक रुपमा ओली सरकारको सिफारिस कार्यान्वयन गरेको भन्दै तरुण दलले व्यंग्यात्मक रुपमा राष्ट्रपतिलाई संविधानको प्रति उपहार दिएको हो ।

राष्ट्रपति कार्यालय शितल निवास पुगेरै तरुण दलले संविधानसहित दिएको ज्ञापनपत्रमा राष्ट्रपतिले गरेको अनुमोदन फिर्ता लिई अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

तरुण दलले उसकै शब्दमा राष्ट्रपतिले संविधानको मर्म विपरित गरेका निर्णयहरु नसच्याए संविधानको रक्षाको लागि जुनसुकै कदम उठाउन वाध्य हुने चेतावनी समेत दिएको छ ।

ताजा समाचार