विपद्बाट जोगिन बाजुरामा नेपाली सेनाको सचेतना कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

विपद्बाट जोगिन बाजुरामा नेपाली सेनाको सचेतना कार्यक्रम

बाजुरा, २६ भदौ । बाजुरामा नेपाली सेनाले स्थानीयहरुलाई विपद्बाट जोगिनका लागि पुर्व अभ्यास गराएर सचेतना कार्यक्रम गरेको छ ।

नेपाली सेनाको समरजित गुल्मले सामुदायिक विपद् प्रतिकार्य तालिम अन्तर्गत बडीमालिका नगरपालिकाका स्थानीयहरुलाई विपद्बाट कसरी जोगिने, विपद् परिहालेमा कसरी उद्धार गर्र्नेे, भन्ने बिषयमा जनचेतना फैलाउन पुर्व अभ्यास गराएको हो ।

विपद् बाजा बजाएर आउँदैन, तर सावधानी अपनाए कम क्षति गराउन सकिन्छ भन्ने उद्देश्यले स्थानीयहरुलाई विपद्बारे जानकारी दिन सामुदायिक विपद् प्रतिकार्य तालिम मार्फत पुर्व अभ्याससंगै सचेतना फैलाउन उक्त कार्यक्रम गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिनुभयो ।

बाजुरा बाढी र पहिरोको जोखिममा रहेकोले कुनैपनि प्राकृतिक प्रकोप पर्दा सवैभन्दा पहिले उद्धार स्थानीयले गर्ने भएकाले स्थानीयलाई यसबारे जानकारी गराइएको उहाँको भनाई छ ।

दुई दिन सम्म संचालन भएको उक्त तालिममा आगलागी नियन्त्रण, बाढीपहिरोबाट कसरी जोगिने, भुकम्पबाट कसरी जोगिने र विपद् पर्दा प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे जानकारी गराईएको छ । तालिममा ५० बढी स्थानीयहरुलाई प्राथमिक उपचार समेत गरिएको छ ।

ताजा समाचार