बाजुराका १५ ठाउँमा हेल्थ डेस्कको स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

बाजुराका १५ ठाउँमा हेल्थ डेस्कको स्थापना

फाइल फोटो

मदन वि.क.
बाजुरा, १२ चैत्र । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा अहिलेसम्म १५ वटा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार कोरोना भाईरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि १५ वटा स्थानमा हेल्थ डेस्कहरु स्थापना भएका छन् ।

बाजुरामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि इकडी, मार्तडी बसपार्क, जिल्ला अस्पताल, कोल्टी एरपोट, मौरे, सुइजिउला, जुड्डी, गोत्री, कवाडी धुलाचौर घट्मुना सुर्काबजार, पुडावाला, सुदाडा र पिलगाउँ रहेका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा स्थापना गरिएका १५ वटा हेल्थ डेस्कमा कोराना भाईरसको संक्रमण फैलिन नदिनका लागि स्थानीयहरुलाई हेल्थ डेक्समा चेकजाँच संगै सचेतना समेत दिने गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

हेल्थ डेक्समा आवश्यक उपकरणहरु नहुँदा हेल्थ डेक्समा खटिने स्वास्थ्यकर्मीहरुलाई समस्या भइरहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण हुनबाट बचाउन जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउनका लागि बाजुरामा व्यापक तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

यस अघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा लकडाउन भएको बेला अत्यावश्यक बाहेकका सबै सेवा, यातायात, होटेल पसल बन्द गर्ने र अनावश्यक भिडभाड नगर्ने निर्णय गरिसकेको छ ।

लकडाउनको दोस्रो दिन बुधबार पनि जिल्ला भर स्थानीयहरु घर भित्रै सुरक्षित साथ बसेको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);