लकडाउनको दोस्रो दिन : सुनसान महोत्तरी, गाउँघरमा अवज्ञा | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

लकडाउनको दोस्रो दिन : सुनसान महोत्तरी, गाउँघरमा अवज्ञा

Mahottari

गोपाल झा
महोत्तरी , १२ चैत्र।  कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले मंगलबार बिहानबाट गरेको लकडाउनका कारण महोत्तरीको सदरमुकाम जलेश्वर सहित शहर बजार क्षेत्र सुनसान भएपनि गाउँघरमा यसको प्रभाव खासै देखिएको छैन ।

लकडाउन पश्चात सदरमुकाम महोत्तरी सहित मटिहानी, गौशाला ,बर्दिवास,रामगोपालपुर, पीपडा जस्ता ठूला व्यापारिक केन्द्रहरु सुनसान छन् । औषधी पसल, ग्याँस, दुध लगायत अत्यावश्यक बाहेकका सबै पसलहरु, सरकारी कार्यालय एवं अत्यावश्यक सामान बोकेका बाहेक यातायातका सम्पूर्ण साधन बन्द भएका छन् ।

सरकारको निर्णय अनुसार गरीएको लँकडाउनको अबज्ञा गर्दै सबारीसाधन चलाउनेहरुलाई स्थानिय प्रहरीले सम्झाई बुझाई गरेपनी अटेर गर्नेहरुलाई कारर्बाही गरेका छन् । लँकडाउनकोे अवज्ञा गरेको हुँदा नेपाली र भारतिय नम्बरका बिभिन्न सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४०० सय भन्दा बढी नियन्त्रणमा लिएको छ ।

कोरोना को संक्रमण फैलिन नदिन सरकारले निर्णय गरेको लकडाउनको महोत्तरीका गाउँघरमा अवज्ञा भइरहेका छ । सुरक्षाकर्मीले यो निर्णय लागू गराउन भरपूर प्रयास गरे पनि सर्वसाधारणले अटेरी गरिरहेका छन् ।

यता महोत्तरीको मुख्य शहर बजारमा यसको प्रभाव परेपनि जिल्लाको गाउँघरमा यसको प्रभाव परेको छैन । गाउँघरमा घरबाट निस्केर एकै ठाउँमा जमघट हुने, चिया पसलहरुमा भिडलाग्ने गरेको देखिन्छ । सरकारले कोरोना रोकथामका लागि लकडाउन र सबै सिमानाका बन्द गरेको बेला गाउँघरमा शतर्कता न अपनाउँदा जोखिम बढेको हो ।

सिमानाका र गाउँघरमा शस्त्रप्रहरीले जनचेतना मुलक पोस्टर र माइकिँग गरिरहेको महोत्तरी शस्त्रप्रहरीका गणपति निरकृष्ण अधिकारीले जानकारी दिएका छन । तर शिक्षा र चेतना कमिका कारण समस्या भइरहेको छ । भारत सरकारले २१ दिने लक डाउन गरेपछि नेपालमा पनि शतर्कता अपनाउँनु पर्ने स्वास्थयकर्मिहरु बताउँछन् ।

सोमबार साँझ सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजे बाट १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । तर महोत्तरीको गाउँघरमा यसको प्रभाव न देखिएपछि प्रशासन अझै शसक्त भएर कार्यान्वयन गराउँनु पर्ने आवश्यकता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);