ईलाममा विपद ब्यवस्थापन तथा प्रतिकार्य सचेतना अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ईलाममा विपद ब्यवस्थापन तथा प्रतिकार्य सचेतना अभ्यास

टीका खतिवडा ||
इलाम, ४ फगुन  ||

सुख्खा मौसमको सुरुभएसँगै आगलागिका घटना बढ्न सक्ने भन्दै न्युनिकरण सम्वन्धी विपद ब्यवस्थापन तथा प्रतिकार्य सचेतना अभ्यास इलाममा सञ्चालन गरिएको छ । नेपाली सेनाको रणसार्दुल गणले इलाम सदरमुकाममा सञ्चालित हेरिटेज नेश्नल एकाडेमीमा सचेतना अभ्यास सञ्चालन गरेको हो । इलाम सदरमुकाममा सञ्चालित हेरिटेज नेश्नल एकाडेमीका शिक्षक तथा विद्यार्थीहरुलाई विपद ब्यवस्थापन तथा प्रतिकार्य सचेतना दिइएको छ । विद्यालयले रणसार्दुल गणसँगको सहकार्यमा शुक्रबार सो सचेतना कार्यक्रम सञ्चालन गरेको हो । सुख्खा मौसम सुरुभएसँगै आगलागिका घटना न्युनिकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । खाना पकाउन तथा किचनको काममा ग्यासको प्रयोग गरेर खाना पकाउने स्थानीयको संख्या बढ्दै गइरहेको छ । यसको जोखिम र दुर्घटना न्युनिकरण सम्वन्धी सचेतना अधियान सञ्चालन तथा किचनको काममा सहजता नै नेपाली सेनाले सञ्चालन गर्दै आएको रणसार्दुल गण इलामका प्रमुख प्रह्लाद घलेले बताउनुभयो । उहाँका अनुसार समुदायमा र बिद्यालयमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । हेरिटेज नेश्नल एकाडेमीमा समेत तालिम प्राप्त शैनिकहरुबाट सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । ग्यासका कारण आगलागि भएमा सहजै घरायसी औजार प्रयोग गरेर आगो नियन्त्रण गर्न सकिने बताइएको छ । सुरुमा नै देखे दुर्घटनाबाट कम क्षती हुने बताइएको छ । नआत्तिकन पहिला ग्यासलाई बन्द गर्न लाग्नु पर्ने बताइएको छ । त्यस्तै घरमा आगलागि भएमा समेत सचेत भएर आगलागि नियन्त्रण गर्न सकिने कार्यक्रममा जानकारी गराइएको छ । विद्यालयले नेपाली सेनासँगको सहकार्यमा सो सचेतना कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक याम काफ्लेले बताउनुभयो । बिद्यालयमा ग्यासका कारण आगलागि भएमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक अभ्यास समेत सञ्चालन गरियो । आगलागीबाट घाइते भएमा सुरुमा प्राथमिक उपचार ठुलो चोटकपक लागेमा प्राथमिक उपचारपछि ठुला अस्पतालमा कसरी लैजाने भन्ने अभ्यास गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);