काठमाडौंमा अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंमा अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु

काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकामा अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरिएको छ । आगोबाट हुने विपद् व्यवस्थालाई सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिका जुद्ध बारुण यन्त्रको आह्वानमा शुक्रबारदेखि साताव्यापी अग्नी विपद् सचेतना कार्यक्रम सुरु गरिएको हो ।

शुक्रबार विहान बसन्तपुरस्थित जुद्ध बारण यन्त्रको कार्यालय परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगोबाट हुने विपद् न्यूनिकरणका लागि सहज बनाउन सचेतना कार्यक्रम सुरु गरिएको स्पष्ट पारे ।

उनले आगो र आगोजन्य बस्तुबाट आईपर्ने विपद् व्यवस्थापनका लागि सधैं तयार रहन सबै वडाका विपद् व्यवस्थापन समितिलाई पनि सचेत गराए ।

काठमाडौं महानगरपालिकाले तिहारमा प्रज्वलनशील पटकालगायतका बस्तुहरु पड्काउने गरेपछि त्यसलाई समेत नियन्त्रण गर्न सघाउ पु-याउने उद्देश्यले हरेक वर्ष अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम तिहारको मुखैमा आयोजना गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा वर्षेनी तिहारका बेला धेरै आगलागिका घटना हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । गत वर्षको तिहारमा पनि काठमाडौं उपत्यका भित्र १ सय १४ वटा आगलागीको घटनामा दमकल प्रयोग गरिएको थियो ।

आगलागीसहितको विपद व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा विपद् व्यवस्था समिति नै गठन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);