'नेपालमा नागरिक खुलापन खुम्चिँदै गयो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘नेपालमा नागरिक खुलापन खुम्चिँदै गयो’

काठमाडौं, ४ फागुन । सरोकारवालाहरुले विश्वमा नागरिक समुदायको खुलापन खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व सामाजिक मञ्चमा नेपाल गैरसरकारी संस्था महासंघले गरेको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । विश्वभरका सरकारले नागरिक समुदायको भुमिकालाई कम महत्व दिएको र खुलापन खुम्च्याउँदै लगेको बताएका छन् । नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संस्था एआइएनका अध्यक्ष भगवान श्रेष्ठले दक्षिण एशियाको तुलनामा नेपालमा नागरिक समुदाय र खुलापन राम्रो मानिए पनि बिस्तारै खुम्चिँदै गएको बताउनु भयो । विद्यमान नीति तथा अभ्यासको कारणले नागरिक समुदायले धेरै खुलापनको महशुस गर्न नपाएको बताउनु भयो । नेपालमा कर्मचारीतन्त्र र प्रक्रियागत झन्झटले पर्याप्त काम गर्नसक्ने वातावरण नभएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले नेपालमा गैरसरकारी संस्था र नागरिक समाजको भुमिकालाई नजरअन्दाज गर्न नसकिने बताउनु भयो । नेपालको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका नागरिक समुदायको रहेको बताउनु भयो । नागरिक समाज र खुलापनबारे अझ धेरै छलफल र बहस हुन आवश्यक रहेको बताउनु भयो । यसको महत्व सबैलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा युरोपेली युनियनको नेपालका लागि राजदुत भेरोनिक लोरेन्जोले नागरिक समाजको खुलापनलाई देशको आन्तरिक र विश्व राजनीतिले नकारात्मक असर गरिरहेको बताउनु भयो । राजदुत लोरेन्जोले सक्रिय र क्रियाशिल नागरिक समाजले मात्र प्राप्त लोकतन्त्र र समावेशितालाई बचाउन सक्ने बताउनु भयो । राजदुत लोरेन्जोले नागरिक समाजलाई क्रियाशिल बनाउन गैरसरकारी संस्थाले धेरै काम गर्नुपर्ने बताउनु भयो ।

सम्मेलनमा ९२ मुलुकका करिव ४० हजार मानिसहरुको सहभागिता रहेको छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुनेछन् । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भुमिकाबारे छलफल पनि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);