टर्की सुन खानी पहिरो प्रकरणः ८ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

टर्की सुन खानी पहिरो प्रकरणः ८ जना पक्राउ

एजेन्सी,४ फागुन । पूर्वी टर्कीको सुन खानीमा पहिरो जानमा जिम्मेवार भएको आशंमा ८ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प–लिचिङ क्षेत्रमा मंगलवार पहिरो गएको थियो ।

सो पहिरोमा ९ जना कामदारहरु बेपत्ता भएका छन् । सो आरोपमा बुधवार ७ र बिहीवार एक गरी आठ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका संदिग्धहरूमा कम्पनीका व्यवस्थापकीय र प्रशासनिक पदमा रहेका कर्मचारीहरू पनि रहेका छन् । कोप्लर सुन खानी क्षेत्रमा भूमिगत फसेका मजदुरहरुको खोजी तथा उद्धार कार्य जारी छ ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले पहिरोमा फसेका कामदारहरू खानीबाट निकालिएको, माटोको ढिस्को समावेश भएको १० मिलियन घन मिटरको आयतन मुनि रहेको र उक्त माटो करिव ८०० मिटर सरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);