भरतपुर महानगरलाई फोहोर व्यवस्थापनको समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

भरतपुर महानगरलाई फोहोर व्यवस्थापनको समस्या

fohor bebasthapan chitwan

चितवन, २६ भदौ । भरतपुर महानगरपालिकालाई फोहोर व्यवस्थापनको समस्या देखिएको छ । नारायणगढको केन्द्र मानिने पुलचोकबाट दुई किलोमिटर दक्षिणमा रहेको नगरवन क्षेत्रमा स्थानीयहरुले फोहर फाल्न रोक लगाएपछि यो समस्या आएको हो । ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले स्थानीय सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका माग राखी फोहोर फाल्न रोकेको छ ।

भरतपुर महानगरपालिकाले फाल्दै आएको फोहोरलाई नगरवन क्षेत्रका स्थानीयले फाल्न रोक लगाएका छन् । नारायणगढको केन्द्र मानिने पुलचोकबाट दुई किलोमिटर दक्षिणमा रहेको नगरवन क्षेत्रमा स्थानीयहरुले विभिन्न मागहरु राख्दै फोहर फाल्न रोक लगाएका हुन् । ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका माग लिएर सो क्षेत्रमा नगरवन टोल विकाश संस्थाले फोहोर फाल्न रोक लगाएको हो । आफ्नो स्थानमा केही विकासका कार्यहरु हुने अपेक्षाले फोहर फाल्न दिइएको तर सो स्थानलाई अपहेलना गरेकोले आफुहरुको माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने स्थानीयहरुको भनाई छ ।

हिउँदमा फालिएको फोहर बर्षामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम निरन्तर चल्दै आएको छ । यता महानगरपालिकाले त्यो क्षेत्रलाई डम्पिङसाइट बनाएको नभइ नदीका त्यहाँ सुन्दर बगैँचा निर्माणका लागि सतह मिलाउन मात्र फोहर विसर्जन गरिएको महानगरापालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले बताउनु भयो ।

भरतपुर महानगरमा दैनिक ६५ टन फोहर निस्कन्छ । तत्काललाई फोहोर फाल्न स्थानीयले रोके पनि यसको दीर्घकालिन समाधान के ? भन्नेमा महानगरपालिकाले अहिलेसम्म कुनै योजना सार्वजनिक गरेको छैन । फोहर व्यवस्थापनको दिगो समाधानका लागि एक कोरियन संस्थासँग सम्झौता भएको महानगरपालिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);