कर्मचारीहरुलाई सही काम गर्नका लागि नआत्तिन र नडराउन श्रम मन्त्री श्रेष्ठको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कर्मचारीहरुलाई सही काम गर्नका लागि नआत्तिन र नडराउन श्रम मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न निर्देशन दिएका हुन् ।

उनले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे । मन्त्री श्रेष्ठले कर्मचारीहरुलाई सही काम गर्नका लागि नआत्तिन र नडराउन निर्देशन पनि गरे ।

उनले विदेशमा रहेका श्रमिकहरुको अप्ठ्यारोमा सहजीकरण गर्नुपर्ने पनि बताए । कुनै पनि आग्रह, पूर्वाग्रह नराखिकन एउटै परिवारको रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले आजै वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पनि कार्यभार सम्हालेका छन् । यससँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीको जिम्मेवारीपनि उनीसँगै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);