मालपोत कार्यालयका सुब्बा र लेखनदास घुस रकमसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

मालपोत कार्यालयका सुब्बा र लेखनदास घुस रकमसहित पक्राउ

pakrau

राजिव शाह
सर्लाही, २३ पुष ।
अख्तियारको टोलीले सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयबाट आज एकजना सुब्बा र एकजना लेखनदास (लेखापढी व्यवसायी)लाई ११ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालयबाट खटिएको टोलीले बिहिवार दिउँसो हरिवन मालपोतमा कार्यरत नायब सुब्बा बेधनिधी बराल र लेखनदास (लेखापढी व्यवसायी) रामसुन्दर महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सुब्बा बराल र लेखनदास महतोलाई लालपूर्जामा नाम सच्याइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा कार्यालयबाटै पक्राउ गरि थप अनुसन्धानका लागि बर्दिवास स्थित कार्यालय लाने तयारी भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);