लगातारको शितलहरले तराई-मधेसको जनजिवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लगातारको शितलहरले तराई-मधेसको जनजिवन कष्टकर

श्याम गुप्ता
बारा, २७ पुष । लगातारको शितलहरले मध्य तराई मधेसको जनजिवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण सर्वसाधरणलाई हिडडुल गर्न समस्या भएको छ । भिजिविलिटि कम भएकोले हवाइ उडान प्रभावित हुनुका साथै सवारी साधन चलाउन समेत कठिन भएको छ ।

बाक्लो हुस्सु र शीतलहरबाट तराई मधेसको जनजिवन कष्टकर बनेपछी त्यस बाट जोगिन स्थानीयहरु आगो बालेर ताप्ने गरेका छन् । हुस्सु र शीतलहरले दैनिक जनजिवन प्रभावित भएको स्थानीयको गुनासो छ ।

चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा बढी असर परेको छ । बालबालिकामा निमोनिया र वृद्ध वृद्धामा दम रुघा खोकीको समस्या बढेको हो ।साथै चिसोका कारण विद्यालयको पठनपाठन पनि प्रभावित भएको छ ।

हुस्सुका कारण दुर्घटनाबाट जोगिन ट्राफिक प्रहरीले बत्ती बालेर सवारी चलाउन सचेत गराएको छ । चीसोले सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पातलिएको छ ।

विमान अवतरण तथा उडान भर्नको लागि आवश्यक भिजिविलिटि कम भएकोले यात्रुहरुलाई समस्या भएको नेपाल नागरिक उड्यान प्राधिकरण सिमराले जनाएको छ । दैनिक सिमरा विमान स्थलमा पाँच वटा विमानले उडान भर्ने गरेको थियो । तर हुस्सुका कारण विमानले उडान भर्न सकेको छैन । पुस महिनामा मात्रै सिमरा विमान स्थालबाट ४५ वटा उडान अवरुद्ध भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);