तराईका जिल्लाहरुमा बिहान र राती बाक्लो हुस्सु लाग्ने क्रम अझै रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तराईका जिल्लाहरुमा बिहान र राती बाक्लो हुस्सु लाग्ने क्रम अझै रोकिएन

बारा, ११ माघ । तराईका जिल्लाहरुमा बिहान र राती बाक्लो हुस्सु लाग्ने क्रम अझै रोकिएको छैन । हुस्सुका कारण अच्चाक्ली बडेको जाडोबाट बच्नका लागि यहाँका ग्रामिण भेगमा स्थानिय घुर ताप्न बाध्य छन् । आकाश नखुलेका कारण जाडो सहन नसकिने भएपछि सर्वसाधारणले ठाउँ–ठाउँमा आगो बालेर तापिरहेका छन् ।

अहिले तराईका बजारमा किनमेल र हिड्डुल गर्ने सर्वसाधारणको संख्या घटेको छ । चिसोले बालबालिका र बृद्धबृद्धा घरबाट बाहिर निस्कन सकेका छैनन् । केहि दिन यता घाम लागे पनि बाक्लो हुस्सुका कारण यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ ।

बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावतमा समेत समस्या भएको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ । सम्भावित दुर्घटनाबाट बच्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले साना गाडीहरु, ट्रयाक्टर तथा अटोमा टल्कने गरि रातो स्टिकर टाँस्ने अभियान चलाएको छ ।

हुस्सुसँगै मध्य तराईमा चिसो बढे पछि बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धबृद्धाहरुमा दम खोकीको असर देखा परेको चिकित्सकले बताएका छन् । लामो समयसम्म बाक्लो हुस्सु लागे पछि सवारी साधन चलाउन चालकहरुलाई समेत समस्या भएको छ ।

मौसममा केही क्रमिक सुधार देखिएर काठमाडौं लगाएत पहाडी जिल्लामा घाम लागेपनि तराईका जिल्लाहरुमा जाडोले अझै जनजिवन कष्टकर नै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);