तामाङ समुदायले सोनाम ल्होछार अर्थात नयाँ वर्ष धुमधामका साथ मनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तामाङ समुदायले सोनाम ल्होछार अर्थात नयाँ वर्ष धुमधामका साथ मनाए

काठमाडौं, ११ माघ । तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएर बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी सो पर्व धुमधामका साथ मनाएका हुन् ।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिवार नयाँ वर्ष मनाएका हुन् । पात्रो अनुसार शनिवारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ । तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहनगोले तामाङले प्रत्येक जनावरले एकएक पटक शासन गर्छन भन्ने विश्वास सहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको बताउनुभयो।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो । तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकि समेत प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);