तामाङ समुदायले शुक्रबार 'सोनाम ल्होछार' मनाए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तामाङ समुदायले शुक्रबार ‘सोनाम ल्होछार’ मनाए

काठमाडौं, ४ फागुन । तामाङ समुदायले शुक्रबार ‘सोनाम ल्होछार’ अर्थात नयाँ वर्ष हर्षउल्लासका साथ मनाएका छन् । यसै अवसरमा काठमाडौंको तीनकुनेमा शुक्रबार र शनिवार दुई दिनका लागि सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ ।

तामाङ समुदायले यस अवसरमा एकआपसमा भेटघाट गरी सु:ख र समृद्धिको कामना गरेका छन् ।  ‘सोनाम ल्होछार’ काे अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

यस वर्ष ल्हो चक्र अनुसार कुकुर वर्गको पालो आएको छ । तामाङहरु नेपालको मध्य पहाडी क्षेत्रको भूमिपुत्र मानिन्छन् । २०६८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्याको ८ प्रतिशत तामाङ रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);