सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, १६ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु, १६ घाइते

accident

सिन्धुली, ४ फागुन । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सिन्धुलीमाडीबाट गोलन्जोर गाउँपालिकातर्फ जाँदै गरेको ना११च २२७५ नम्बरको जिप बीपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ ढुंग्रे भन्ज्याङ नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गोलन्जोर गाउँपालिकाका रेशम कार्की, युवराज लुङ्गेली, नवराजा थापा र पूर्व गाविस सचिव लक्ष्मी देवकोटाको घट्नास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ । उनीहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

अन्य घाइतेको सदरमुकाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);