सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २० कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

खुर्कोटबाट खाम्साङबेसीतर्फ गइरहेको बा ७ च ३६९५ नम्बरको बोलेरो जिप आइतबार राती ८ बजे टर्कीबेसीको भित्री सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चार जनाकै सनाखत भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा फिक्कल–३ का अमर बहादुर दर्लामी, सोही ठाउँ बस्ने राम बहादुर बराल, दिलबहादुर मगर र नरबहादुर बलमपाकी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते  भएका मध्ये एकजनाकाे ललितपुरस्थित बि एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । भने अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);