पूर्वराष्ट्रपति रामवरण यादवलाई घर खाली गरिदिन १५ दिने अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, २० कार्तिक । पूर्वराष्ट्रपति रामवरण यादवलाई आफू बस्दै आएको घर १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी भएको छ।

ललितपुर महानगरपालिका(४ बागडोलमा बस्दै आएका पूर्व राष्ट्रपति यादवलाई घरधनी रविभक्त विष्टले नागरिक दैनिकमा सूचना प्रकाशित गरी १५ दिन भित्र घर खाली गरिदिन र साउन १ गतेदेखि अहिलेसम्मको घरभाडा भुक्तानी गर्न अनुरोध गरेका हुन् ।

साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको जनाउँदै १५ दिनभित्र घर छोड्न अल्टिमेटमसमेत दिएका छन्।

आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्नेरबसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको जिकिर सूचनामा गरिएको छ ।

पूर्वराष्ट्रपति डा यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन्। पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);