बाँदरमुढे घटनाका पीडित आक्रोशित, निर्वाचनको मुखमा प्रचण्डले किन बोले झुट ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाण्डौँ, २० कार्तिक । चितवन बाँदरमुढे घटनाका पीडितहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोशित बनेका छन् ।

आईतबार बाँदरमुढे घटनाका पीडितहरुलाई भेटेर उनीहरुका समस्या सुन्ने कार्यतालिका राखेका प्रचण्डले साँझसम्म पनि नभेटेपछि उनीहरु आक्रोशित बनेका हुन् ।

आईतबार बाँदरमुढे घटना पीडित समितिले जारी एक विज्ञप्ती जारी गर्दै प्रचण्डले आफूहरुलाई विरुवा स्थित माडी नगरपालिकाका मेयर ठाकुर ढकालको निवासमा भेट्ने भनी समय तोकेको उल्लेख गरेका छन् । उनीहरुसँग भेट्नको लागि प्रचण्डले माओवादी केन्द्रका कोषध्यक्ष अमिक शेरचनलाई मध्यस्तकर्ताको रुपमा खटाएका थिए ।

सोही अनुसार विरुवामा जम्मा भएका १५ जना पीडितहरु साँझसम्म कुर्दा पनि प्रचण्ड भेट्न नआएपछि आक्रोशित बनेका हुन् । साँझमा उनीहरुलाई भेट गर्नको लागि भरतपुर बोलाईएको थियो । तर, उनीहरु चुनावी सफलताका लागि मात्र आफूहरुलाई परिचालन गर्न खोजेको भन्दै आक्रोशित बनेका हुन् ।

समितिका अध्यक्ष मुक्तिनाथ दाहालले जारी गरेको विज्ञप्तीमा माओवादी केन्द्रलाई पीडितहरुमाथि यस्ता प्रकारका खेलवाड नगर्न माओवादी केन्द्रलाई चेतावनी दिईएको छ । उनले आफूहरु वार्तामा बस्न तयार भएपनि माओवादी केन्द्र आफूहरुसँग खेलवाड गरिरहेको भन्दै प्रचण्डप्रति आक्रोशित बनेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);