बाँदरमुडे घटना भुलवश भयोः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवन, १० मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना आफुले अन्जानमा भएको बताएका छन्। शसस्त्र द्वन्द्वमा सो घटना भुलवश भएको उनले स्पष्ट पारेका छन्।

माडीको बाँदरमुढेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए। दाहालले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

घटनापछि पहिलो पटक दाहाल बाँदरमुढे पुगेका हुन्। यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा दाहाल जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन।

चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन्।कडा सुरक्षाका साथ दाहाल माडी हुँदै बाँदरझुला पुगेका हुन्।

२०६२ साल जेष्ठ २३ गते माओवादीले थापेको एम्बुसमा परि ना२ख ३२४५ नंको बस दुर्घटनामा परेको थियो। जसमा सवार ३८ जना यात्रुको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);