सिन्धुपाल्चोकका २८५ मतदान केन्द्रमा मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

सिन्धुपाल्चोकका २८५ मतदान केन्द्रमा मतदान सुरु

सिन्धुपाल्चोक, १० मंसिर। सिन्धुपाल्चोकका २८५ मतदान केन्द्रमा अहिले उत्साहपुर्ण रुपमा धमाधम मतदान भइरहेको छ।

राप्रपाका उम्मेदवार पशुपति शमशेर जबरा उम्मेदवार रहेका क्षेत्र लागार्चेमा भने केही समय ढिलो गरि मतदान सुरु भएको छ। शनिबार राति लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडपको विषयलाई लिएर विवाद बढेपछि मतदान प्रक्रिया अवरुद्ध बनेको थियो।

जिल्लाका सबै ठाउँमा शान्तिपूर्णरुपमा मतदाताहरूले मतदान गरिरहेका स्थानीयले जानकारी दिएका छन्।