पहिलो चरण निर्वाचन : यसरी हुँदैछ मतदान (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

पहिलो चरण निर्वाचन : यसरी हुँदैछ मतदान (फोटोफिचर)

काठमाण्डौँ, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तर्गत उच्च हिमाली तथा पहाडी जिल्लाका ३२ जिल्लामा मतदान भईरहेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् ।

गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन्। श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका हुन् भने भटराईले गोरखा २ पालुङटार नगरपालिका अन्नपूर्णमावि खोप्लाङमतदान केन्द्रबाट मतदान गरेका छन् ।

निर्वाचन आयोगले उत्साहपूर्ण रुपमा मतदाता लाईनमा बसेर मतदान गरिरहेको जानकारी दिएको छ । यद्यपी सिन्धुपाल्चोक क्षेत्र नं.२ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका-८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा हिजो भएको झडपका कारण अझै मतदान सुरु हुन सकेको छैन।

त्यस्तै बुथ कब्जाको प्रयासपछि दोलखाको जामुने मतदान केन्द्रमा पनि तनाव उत्पन्न भएको छ ।

Uncategorized‐मा वर्गिकृत