नेताहरुको मतदान फोटो पोज: कुन नेताले कहाँबाट गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाण्डौँ, २१ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको निर्वाचन भईरहेको छ । ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान भईरहेको छ भने मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सकिएपछि पहिलो चरणमा भएको मतदानसहित मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा कुन नेताले कहाँबाट गरे मतदान ?

prachanda

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित राष्ट्रिय आधारभुत विद्यालय शान्तिपुर केन्द्रबाट मतदान गरेका छन्।
एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका ८ त्रिभुवन उच्च मावि केन्द्रबाट मतदान गरेका हुन् ।
माओवादी केन्द्रकी प्रवक्ता तथा प्रतिनिधिसभाकी उम्मेदवार पम्फा भुसालले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
कास्की क्षेत्र नम्बर २ का उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी मतदान गर्दै । कास्कीमा प्रतिनिधिसभामा ३ निर्वाचन क्षेत्र छन्।
कञ्चनपुर १ का उम्मेदवार बिना मगर मतदान गर्दै।
काठमाडौं ४ का उम्मेदवार कांग्रेस नेता गगन थापा मतदान गर्दै।
राप्रपा अध्यक्ष एवं मकवानपुर १ का उम्मेदवा कमल थापा वंशगाेपाल उच्च मावि हेटौंडा ६ मा मतदान गर्दै।
rabindra mishara
विवेकशील साझा पार्टीका प्रमुख रविन्द्र मिश्रले ललितपुरको भैसीपाटीबाट मतदान गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);