मध्याहृनसम्म ४० प्रतिशत मतदान सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा३२ जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लोजानकारी अनुसार, दिउँसो १२:३० बजेसम्ममा औषतमा ४० प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान आयोगद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।

बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);