राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदान,१९ सदस्यका लागि ५१ जना प्रतिस्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रियसभा सदस्य निर्वाचन : आज मतदान,१९ सदस्यका लागि ५१ जना प्रतिस्पर्धामा

काठमाडौं,११ माघ । आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुदैछ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुदैछ । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको छ । सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ ।

जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९–९ जना कर्मचारीको व्यवस्था गरिएको छ । मतदान सकिएपछि गणमना गरिने र बेलुका ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ । प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);