रुकुमको बाँफिकोटमा चुनाव पुनः दोस्रो चरणमा हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

रुकुमको बाँफिकोटमा चुनाव पुनः दोस्रो चरणमा हुने

रुकुम, १० मंसिर। पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ।

अज्ञात समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ। २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ।

मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेको हो ।

मतदान पेटिकामा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।