पश्चिम रूकुमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पश्चिम रूकुमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान

काठमाडौँ, १२ मंसिर । पश्चिम रूकुमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

आयोगले रूकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका वडा नम्बर ५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा भएको प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मात्र र आठबीसकोट नगरपालिका वडा नंम्बर ११ को नेपाल राष्ट्रिय मा.वि. गत्तसैना मतदान केन्द्र (ख) मा भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र पुनः मतदान यही मङ्सिर १५ गते गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले मंसिर १० गते भएको मतदानमध्ये बाँफीकोट गाउँपालिका वडा नं ५ रत्न मा.वि., काँडा मतदान केन्द्र (क) मा भएको प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मात्र र आठबीसकोट नगरपालिका वडा नं. ११ को नेपाल राष्ट्रिय मा.वि., गत्तसैना मतदान केन्द्र (ख) मा भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतदान मात्र रद्द गरी मङ्सिर १५ गते शुक्रबार पुन: मतदान गर्ने निर्णय गरेको हो ।

आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रूकुम (पश्चिम) लाई निर्देशन दिएको छ । साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्रबाहेकका मदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय, रुकुम पश्चिमलाई मिलाउन निर्देशन दिएको छ ।

आयोगले रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिसमेतको रोहवरमा खोली ती मतपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);