उपनिर्वाचन अपडेट : १२ बजेसम्म २५ प्रतिशत मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपनिर्वाचन अपडेट : १२ बजेसम्म २५ प्रतिशत मतदान

25 percent matdan

काठमाडौं, १४ मंसिर । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा १२ बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

देशभर समान्य घटना बाहेक निर्वाध रुपमा मतदान भइरहेको आयोगले जनाएको छ । साँझ ५ बजेसम्म जारी रहने मतदानमा मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ ।

कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचनको मतदान जारी छ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचनको मतदान जारी छ ।

विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ । कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् ।

त्यस्तै भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);