३२ जिल्लामा मतदान सुरु, ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३२ जिल्लामा मतदान सुरु, ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

काठमाण्डौँ, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनमा मतदान सुरु भएको छ ।

संघीय संरचना अनुसार पहिलो पटक हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बिहान ७ बजे देखि मतदान सुरु भएको हो । आज हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान भईरहेको छ ।

मतदाताले तोकिएको मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो । पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । प्रतिनिधिसभाका लागि ३७ चुनाव क्षेत्रमा १६ जना महिलासहित २८२ जना चुनावी मैदानमा छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);