दोस्रो चरणको मतदान आज, ४५ जिल्लामा मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, २१ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्र्तगत मतदान सुरु भएको छ ।

४५ जिल्लामा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटमा अहिले विहान ७ बजे मतदान सुरु भएको हो । मतदान १५ हजार ३ सय ४४ केन्द्रमा अपरान्ह ५ बजेसम्म हुने छ । प्रतिनिधिसभातर्फ १ सय २८ सीटका लागि १६ सय ६३ र प्रदेशसभातर्फका २ सय ५६ सीटका लागि २८ सय १९ गरी ४४ सय ८२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । ती उम्मेदवारमध्ये कसलाई जिताउने भन्ने अधिकार १ करोड २२ लाख मतदातासँग छ । दुईवटा निर्वाचन प्रणालीबाट एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेकाले मतदाताले तीनवटा मतपत्रमा ४ ठाउँमा मतदान गरेका छन् । तीनवटा मतपत्रको अभ्यास पहिलो पटक गरिएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग अलग पानामा मतपत्र बनाइएका छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै पानामा दुई ठाउँमा छाप लगाउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले विगतमा गरिएको अभ्यास जस्तै मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ । त्यस्ता व्यक्तिले फोटोसहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न दिएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ सिटमध्ये ३७ र प्रदेशसभातर्फ प्रत्यक्षतर्फको ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन भइसकेको छ । संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो ।

प्रतिनिधिसभाको २ सय ७५ सदस्यमा १ सय ६५ जना प्रत्यक्ष प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्य संख्या फरक छ । प्रतिनिधिसभाको निर्वाचन विगतमा पटकपटक भए पनि संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार प्रदेशसभाको निर्वाचन भने मुलुकमा पहिलो पटक भएको हो । निर्वाचनपछि ७ वटा प्रदेशमा प्रदेश सरकार समेत गठन हुनेछ ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);