दोस्रो चरणको निर्वाचनको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दोस्रो चरणको निर्वाचनको तयारी तिब्र

शोभा न्यौपाने । १४ जेठ, काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमासबैभन्दा बढी मतदाता मोरङमा र सबैभन्दा कम तेह्रथुममा रहेका छन् । निर्वाचनका लागि आयोगले केन्द्रबाट गर्नेे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छ ।

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

शोभा न्यौपाने । १४ जेठ, काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमासबैभन्दा बढी मतदाता  मोरङमा र सबैभन्दा कम तेह्रथुममा रहेका छन् । निर्वाचनका लागि आयोगले केन्द्रबाट गर्नेे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छ । साथै आयोगले दोस्रो चरणअन्तर्गतहुने निर्वाचनमा ४ वटा प्रदेशमा९० लाख ९७ हजार ५ सय ५७ जना मतदाता सहभागी हुनेछन् । पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं १,२,५ र ७ नं प्रदेशका ४१ वटा जिल्लामा ६ हजार ६ सय १९ मतदान स्थल र ११ हजार ९ सय ३१ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख तथा वडा अध्यक्ष र उपप्रमुख  तथा उपाध्यक्षमा ४ सय ६१ ,वडा अध्यक्ष,महिला सदस्य र दलित महिला सदस्यमा ४ हजार ८६,खुल्लाबाट वडासदस्य ८ हजार १ सय ७२गरी जम्मा २२ हजार ४ सय ४५ जनप्रतिनिधिहरु छनौट हुनेछन् । जेठ ३१ गते हुने निर्वाचनमा ४ वटा प्रदेशका ४१ वटा जिल्लाहरुका ४ हजार १ सय ७ वटा वडाहरुमा निर्वाचन हुनेछ ।

जसअन्र्तगत प्रदेश नं १ को १४ जिल्लामा ३० लाख ६० हजार २५ ,प्रदेश नं २ को ८ जिल्लामा २३ लाख ३३ हजार ३ सय ३०,प्रदेश नं ५को ११ वटा जिल्लामा मा २७ लाख ५४ हजार ४ सय ८८ र प्रदेश नं ७ को ९ वटा जिल्लामा १३ लाख ३ हजार ७ सय १४ मतदाताहरु रहेका छन् ।निर्वाचनमा१२ वटा उपमहा नगरपालिका ,१ सय ५६ नगरपालिका र २ सय ९३ वटा गाँउपालिका गरि ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुनेछ । ४ सय ६१ वटा स्थानीय तहहरुमा जेठ ३१ गते निर्वाचन हुने भएतापनि सरकारले थप गरेको २२ वटा स्थानीय तहहरुमा भने निर्वाचन कहिले हुने हो भन्ने अझै अन्यौलता कायमै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);