पहिलो चरणको निर्वाचन प्रचारको आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाण्डौँ, ७ मंसिर । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको प्रचार प्रसार गनै आज अन्तिम दिन हो ।

निर्वाचन आयोगका अनुसार राति १२ बजेबाट ४८ घन्टे मौन अवधि सुरु हुनेछ । मौन अवधिमा उम्मेदवार, नागरिक समाज, मतदाता निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । सञ्चारमाध्यमले निर्वाचन प्रसारप्रचारसँग जोडिएको समाचार प्रकाशन तथा प्रसारण गर्न पनि पाउँदैनन् । तर, दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रचारप्रसार जारी रहेकाले मतदातामा प्रभाव पर्ने गरी प्रकाशन तथा प्रसारण नगर्न आयोगले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा गरेको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० मंसिरमा निर्वाचन हुँदै छ । जसबाट प्रतिनिधिसभाका लागि ३७ र प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुनेछन् ।

पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता छन् भने निर्वाचन सम्पन्न गराउनका लागि ४५ हजार कर्मचारी परिचालन गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);