संघ र प्रदेश निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्र तोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
काठमाडौं, २ कार्तिक । निवार्चन आयोगले मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ। आयोगले दिएको जानकारीअनुसार आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्रको संख्यामा केन्द्र निर्धारण गरिएको हो।
प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव आयोगले मतदाता नामावलीलाई २०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको जानकारी दिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ।
२०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ। पहिलो चरण अर्थात मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त यादवले जानकारी दिए।
निर्वाचन कार्यक्रमअनुसार असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारीको बन्दसूची पेश भई अब हामी निर्वाचनको अन्तिम चरणमा प्रवेश गरिसकेका उनले विश्वास व्यक्त गरे। पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा कात्तिक ५ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);