लोकतान्त्रिक गठबन्धन निर्माणमा कांग्रेसले ढिलासुस्ती गरेको नेता राणाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौं, २ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्ती गर्ने पुरानो बानी भएकाले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै राणाले कांग्रेसकै ढिलासुस्तीका कारण लोकतान्त्रिक गठबन्धन निर्माण प्रभावित भएको आरोप लगाउँदै कांग्रेसले छिटो भागबण्डा गर्नुपर्ने बताए।

कुन दललाई कति सिट दिने भन्ने कुराको टुङ्गो छिटै लगाउनुपर्ने उनको भनाई छ।  मुलुक बाम र लोकतान्त्रिक २ धुव्रमा बाँडिदा लोकतान्त्रिक पद्धतिलाई सुरक्षित गर्ने राणाको तर्क छ । धु्रविकरणले जनताको हक अधिकार स्थापित हुनेसमेत राणाको भनाई छ।

सम्पूर्ण प्रजातान्त्रिक आस्था राख्ने जनताहरुले लोकतान्त्रिक शक्तिलाई उच्च साथ दिन आग्रह राणाले आग्रह गरेका छन् । बहुदलीय व्यवस्था आएको तीन वर्ष भए पनि राजनीतिक निकास हुन नसकेको राणाको तर्क छ।

“अब राजनीतिक तहमा उचित निकास हुनु जरुरी छ ।” राणाले भने।  रिपोर्टस क्लब नेपालको अभियान, केन्द्र र प्रदेशका स्वतन्त्र निर्वाचन’ नारासहित रिपोर्टस क्लबले देउसी भैलो कार्यक्रम गरेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);