मंसिर १० को चुनाव सर्ने शिक्षामन्त्री श्रेष्ठको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २ कार्तिक । धमाधम चुनावको होडबाजी चलिरहेका बेला उपप्रधान एवम शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचन सर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले मंसिर १० गते हुने भनिएको चुनाव मंसिर २१ गते सर्छ भनेका हुन् । केहि प्राविधिक कारण बताउँदै चुनाव सर्ने र अब दुवै सभाको चुनाव एकै चरणमा गरिने गृहकार्यमा सरकार लागेको समेत बताएका छन् ।

मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको आदेश पनि मतपत्र बेग्लाबेग्लै हुनुपर्छ भन्ने आशय आफूहरुले पाएको इंकित गर्दै यसबारेमा महान्याधिवक्ता सन्तराम भण्डारीसँग समेत प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरिसकेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);