भक्तपुरमा चुनाव प्रचारप्रसारको तिव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुरमा चुनाव प्रचारप्रसारको तिव्रता

bhaktapur chunab

भक्तपुर, ३ मंसिर । यतिबेला देशैभर मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारले तिब्रता पाएको छ । उम्मेद्वारहरु आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै यति बेला घर दैलो कार्यक्रममा व्यस्त छन् ।

बिहानदेखि राति अबेरसम्म टोल टोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त भएका उम्मेद्वारहरु आफू निकटका केन्द्रिय नेताहरुलाई समेत प्रचार प्रसारमा प्रयोग गरिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचन भक्तपुर निर्वाचन क्षेत्र १ को क मा यतिबेला चुनाव प्रचारप्रसारले तिव्रताको पाएको छ । यतिबेला उमेद्वारहरु बिहानदेखि राति अबेरसम्म टोल टोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त भइरहेका छन् ।

घरदैलो कार्यक्रममा उमेद्वारहरुले पार्टीका आफु निकटका केन्द्रिय नेताहरुलाई समेत चुनावको प्रसार प्रसारमा प्रयोग गरिहेका छन् । दिनहुँ जसो विभिन्न फरक फरक पार्टीका केन्द्रिय नेताहरु भक्तपुरमा चुनावी प्रचारप्रसारमा पुगिरहेका छन् ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार रहेका कृष्णलाल भडेलको आमाको गत आइतबार बिहान निधन भएपछि भडेल घरदैलो कार्यक्रममा उपस्थित हुन सक्नुभएको छैन । मुख्य त यो उप निर्वाचन क्षेत्रमा नेकपा, नेपाली काँग्रेस र नेमकिपा बिच प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश ३ को उपनिर्वाचन क्षेत्र भक्तपुर १ क मा १९ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा छन् ।

प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधनपछि रिक्त रहेको यस क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);