दश गजामा भारतको पिलर, नेपालको भुमि बषौँदेखि हडप्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दश गजामा भारतको पिलर, नेपालको भुमि बषौँदेखि हडप्दै

dashagaja

पर्सा, ३ मंसिर । भारतले नेपालको भुमि बषौँदेखि हडप्दै आएको छ । अन्तर्राष्ट्रिय सीमाको मापदण्ड विपरीत भारतले दश गजाको सिमा नै हडपेर नेपालीको खेतमै पिलर गाडेको छ । अन्तर्राष्ट्रिय मान्यतालाई नै कुुल्चेर भारतले नेपाली नागरिकका खेत खेतमा ल्याएर एकपक्षीय रुपमा पिलर गाडेको हो ।

यो दृष्य हेर्दा लाग्छ दाजुुभाई विच अंशबण्डा गरिएको साँध सिमाना हो । दाजुभाईबीच अंशबण्डाको भागबण्ड गर्दा त यस्तो खालको साँध सीमाना हुँदैन भने खेती भईरहेको जमिनको बीचमा यस्तो सीमाना कसरी हुन्छ ? यसो हेर्दा नै स्पष्ट बुझिन्छ । साँध छुट्याउनै परे खेतको विचमा किन ? डिलबाट छुट्याइन्छ नि होइन र ?

तर यो कुनै दाजुु भाई विच छुट्याईएको खेतको साँध सिमाना भने होईन । यो त भारतले नेपाली सिमा हडपेर नेपाली जमिनमा ल्याएर गाडेको नेपाल भारत विचको सिमाना छुट्याउने पिलर हो ।

प्रदेश २ अन्तर्गत पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिका वडा नम्बर ३ जहाँ, नेपाल भारतको सिमा क्षेत्र भनी भारतीय सुरक्षा फौजले रातारात गाडेको सिमेण्टको पिलर  हो । यो हेर्दा धेरै पुरानो जस्तो पनि देखिंदैन । सिमेण्टको पिलर गाडेर सेतो रंग लगाएर एकापटि भारत र एकापटी नेपाल भनी उनिहरुले नै लेखेका छन् ।

भारतीय पक्षले जर्बजस्ति नेपाली भुुभागमा पिलर ठड्याएर नेपाली भुुमि हडपेपछि स्थानिय नागरिकको हातमा लालपुर्जा छ । वर्षाैदेखि खेती गर्दै आएको जमिन भने भारती सुरक्षाफौजको कब्जामा छ ।

भारतले सोझासाझा नेपालीलाई तर्साएर लखेटी भुुमि हडपेर हेपाहा व्यवहार मात्र देखाएको छैन अन्तर्राष्ट्रिय कानुनको धज्जी पनि उडाएको छ । यो अवस्थालाई हेर्दा विरोध गर्न र आफ्नो भुमिको रक्षा गर्न हाम्रो सरकार निरिह भएर मुकदर्शक बनिरहेको छ । भारतीय विस्तारबादको विरोध भाषणले हैन व्यवहारले देखाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);