माथिल्लो त्रिशूली ‘थ्री ए’ सम्पन्न, अर्थतन्त्र बलियो बनाउने दिशामा सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माथिल्लो त्रिशूली ‘थ्री ए’ सम्पन्न, अर्थतन्त्र बलियो बनाउने दिशामा सरकार

pm kp oli

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्थतन्त्रको बलियो जग निर्माण गर्ने दिशामा अग्रसर रहेको बताउनुभएको छ । माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सोमबार उद्घाटन गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य यथासम्भव छिटो प्राप्त गर्ने गरी विकास तथा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको बताउनुभयो ।

नुवाकोट र रसुवामा बनेको ६० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित उच्च प्रविधियुक्त कक्षबाट उद्घाटन गर्नुभएको हो । आयोजनाको बाँधस्थल रसुवाको उत्तरगया गाउँपालिका–१, सल्लेटारमा छ भने विद्युत््गृह नुवाकोटको किस्पाङ–५ मा बनाइएको छ ।

आयोजनास्थलमा आयोजित सभाको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित उच्च प्रविधियुक्त कक्षबाटै सम्बोधन गर्नुभएको थियो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा प्राप्त गर्ने दिशामा यस्ता आयोजना महìवपूर्ण हुने बताउनुभयो ।

“गरिबी निवारण, आयात कटौती र निर्यात बढाउने काम प्रभावकारी बनाउन यो आयोजनाले विद्युत् आयात घटाएर कृषिको आधुनिकीकरण र उद्योग सञ्चालन गर्न सकारात्मक योगदान गर्ने छ”, उहाँले भन्नुभयो, “निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौँ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);