राजनीतिक दलहरु चुनाव प्रचार-प्रसारमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

राजनीतिक दलहरु चुनाव प्रचार-प्रसारमा व्यस्त

महोत्तरी, ७ मंसिर । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा आ–आफना पार्टीको उमेद्वारलाई बिजयी बनाउन यतिवेला राजनीतिक दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

भोट माग्न जुटेका राजनीतिक दलहरु कोणसभा, घरदैलो लगायत पार्टीका अन्य गतिवधिलाई समेत तीब्रताका साथ अगाडि बढाइरहेका छन् ।

महोत्तरी जिल्लाको पिपरा गाँउपालिकामा रिक्त रहेको अध्यक्ष पद र जिल्लाकै मटीहानी नगरपालिका–६, बलवा नगरपालिका–२ र ८ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।

महोत्तरीमा उम्मेद्वारी दर्ताकै दिनदेखि मतदातासँग भोट माग्न शुरु गरेका राजनीतिक दलहरुले उपनिर्वाचनलाई जुंगाको लडाइँमा परिवर्तन गरेको देखिएको छ । उम्मेद्वारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवारमध्ये कसैलाई आफ्नै साख जोगाउने चिन्ता छ भने कसैलाई थप उपलब्धिको रुपमा जित्ने विश्वास लिएको देखिन्छ ।

सबै राजनीतिक दलहरुले जनताको भोट जित्नका लागि विभिन्न एजेण्डाहरु लिएर अघि बढेका छन् । तर यहाँका स्थानीयहरु भने जुनसुकै पार्टीले चुनाव जितेपनि जनताका समस्याहरु समाधान नहुने भन्दै चुनावले आफुहरुमा कुनै उत्साह नभएको बताएका छन् ।

महोत्तरीमा ४ पदमा हुनलागेको उपनिर्वाचनका लागि १९ मतदान केन्द्र र २९ मतदान स्थल तोकिएको छ । कुल २२ हजार ९ सय २० मतदाता रहेको यस निर्वाचन क्षेत्रको पिपरा गाउँपालिकामा २० र बल्वा तथा मटिहानीमा २६ उम्मेद्वार गरी कुल ४६ उम्मेद्वारकाबीच प्रतिस्पर्धा हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);