भोट माग्दै उम्मेदवारहरु घर–घरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भोट माग्दै उम्मेदवारहरु घर–घरमा

सुजन बज्राचार्य । ४ असार, संखुवासभा । असार १४ हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि संखुवासभामा निर्वाचनको माहोल तातिएको छ । राजनीतिक दलहरुको क्रियाशीलता बढेसंगैसिंगो जिल्ला चुनावमय भएको छ । उम्मेदवारहरु आ आफना एजेण्डा लिएर मतदाताको घर घरमा पुगेका छन ।

भोट माग्दै उम्मेदवारहरु घर–घरमा

सुजन बज्राचार्य । ४ असार, संखुवासभा । असार १४ हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि संखुवासभामा निर्वाचनको माहोल तातिएको छ । राजनीतिक दलहरुको क्रियाशीलता बढेसंगैसिंगो जिल्ला चुनावमय भएको छ । उम्मेदवारहरु आ आफना एजेण्डा लिएर मतदाताको घर घरमा पुगेका छन ।

विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेकाहरु यतिबेला मतदाताहरको घरघरमा भोट माग्न व्यस्त भैरहेका छन । निर्वाचनको मिति नजिकिदै गर्दा उममेदवारहरु आ आफना मुद्दा बोकेर गाउँ गाउँमा पुगेका छन । उम्मेदवारहरु जनमत आआफनो पक्षमा पार्न घर दैलो अभियानमा प्रतिस्पर्धाका साथ लागिरहेका छन । मतदाताहरुको मन जित्न उनीहरुले आ आफनो विकासका एजेण्डा मतदाता समक्ष प्रस्तुत गरिरहेका छन भने मतदाता पनि उनीहरुका स्थानीय बिकासका एजेण्डालाई चासोका साथ सुनिरहेका छन । पाँच नगरपालिका र पाँच गाउपालिका रहेको संखुवासभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगायत अन्य  सानादलहरु पनि चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन ।

संखुवासभाका सबै स्थानीय तहका गाउँटोलसम्म त्यहाँ क्रियाशील राजनीतिक दलहरुले चुनाव केन्द्रित कार्यक्रलाइ तीब्रता दिएपछि चुनावी माहोल ह्वात्तै बढेको छ । उम्मेदवारहरु  नमूना मतपत्र रआ आफना पार्टीका घोषणापत्र जस्ता निर्वाचनसंग समबन्धित सामग्री लिएर मत माग्न ब्यस्त छन । 

संखुवासभामा प्रमुख राजनीतिक दलहरु कांग्रेस, नेकपा एमाले एमाले र माओबादी केन्द्रले सबै तहमा नयाँ अनुहारका  उम्मेद्वारलाई अघि बढाएका छन् । जिल्ला निर्वाचन  कार्यालय संखुवासभाले  १ सय ३ मतदान स्थल  र  १ सय ४७मतदान केन्द्रमा मतदानका लागि तयारी पुरा भएको जनाएको छ । संखुवासभामा ९६ हजार ६ सय ५७ मतदाता रहेका छन् 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);