राजपा नेपालको अवरोधका बीच तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमा उम्मेद्वारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजपा नेपालको अवरोधका बीच तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमा उम्मेद्वारी दर्ता

शोभा न्यौपाने । ४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनअन्र्तगत असार १४ गते हुने निवाचनका लागि आइतवार ३ सय ३४ स्थानीय तहमा पुगेर उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । उम्मेदवारहरुले आफना समर्थकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन ।

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्म्ोदवारहरुले सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो चरणको निर्वाचनमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४  केन्द्र र ४ हजार ५ सय ८१ वटा मतदान  स्थल रहेका छन् । प्रदेश नं १ मा  १ वटा महानगरपालिका, २ वटा उपमहानगरपालिका ,४६ वटा नगरपालिका , ८८ वटा गाँउपालिकामा १ सय ३७ वटा मतदान स्थल रहेका छन । त्यस्तै प्रदेश नं ५ मा ४ वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका ,७३ वटा गाँउपालिका गरी १ सय ९ वटा स्थानीय तहहरु तेकिएको छ । प्रदेश नं ७ मा १ वटा उपमहानगरपालिका, ३३ नगरपालिका, ५४ गाँउपालिका गरी ८८ वटा स्थानीय तहमा निर्वाचन हुनेछ ।

दोस्रो चरणको निर्वाचनमा प्रदेश नं १, ५ र ७ मा एक महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । असारमा १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागि हुनेछन  भने सो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि चयन हुनेछन् । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ । पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भएका जिल्ला रुकुम र नवलपरासीका केही भागमा समेत दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । सो दुई जिल्लाका केही गाउँपालिका सरकारले हेरफेर गरेर ५ नं प्रदेशमा राख्ने निर्णय गरेपछि केही मतदान स्थल र केन्द्र फेरबदल भएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);