गोर्खाल्याण्ड आन्दोलने दार्जीलिङ अशान्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

गोर्खाल्याण्ड आन्दोलने दार्जीलिङ अशान्त

खगेन्द्र घिमिरे । ४ असार, दार्जीलिङ । नेपाली भाषाको विषयलाई लिएर सुरु भएको आन्दोलन पुरानै ‘गोर्खाल्यान्ड’ को मागमा केन्द्रित हुँदा दार्जीलिङ क्षेत्र यतिबेला अशान्त बनेको छ । विद्यालयको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध नेपाली भाषीहरुआन्दोलनमा उत्रिएपछि दार्जीलिङ क्षेत्र तनावग्रस्त भएको हो ।

गोर्खाल्याण्ड आन्दोलने दार्जीलिङ अशान्त

खगेन्द्र घिमिरे । ४ असार, दार्जीलिङ । नेपाली भाषाको विषयलाई लिएर सुरु भएको आन्दोलन पुरानै ‘गोर्खाल्यान्ड’ को मागमा केन्द्रित हुँदा दार्जीलिङ क्षेत्र यतिबेला अशान्त बनेको छ । विद्यालयको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध नेपाली भाषीहरुआन्दोलनमा उत्रिएपछि दार्जीलिङ क्षेत्र तनावग्रस्त भएको हो । पश्चिम बंगाल सरकारको निर्णयको बिरुद्धमा भारतको दार्जिलिङ्गमा अहिले आन्दोलन निकै तातेको छ ।

गोर्खा जनमुक्ति मोर्चाले दाजिलिङसँगै खर्साङ, कालिम्पोङ र मिरिक क्षेत्रमा आन्दोलन चर्काएको छ । यसको असर दार्जीलिङसंग जोडिएका नाकाहरु पशुपतिनगर लगायतको क्षेत्रमा समेत प्रभाव पर्न थालेको छ । भाषामा हस्तक्षेप गरेर बंगाल सरकारले दार्जिलिङ्गबासी नेपालीलाई लखेट्न खोजेको उनीहरुको बुझाई छ । हरेक दिन जसो हुने बिरोधका ¥याली, नारा, जुलुसले दार्जिलिङ्गमा आन्दोलनले थप बलपाइरहेको छ ।

पछिल्लो पटक गोर्खा जनमुक्ति मोर्चा गोजमोको दार्जिलिङ पातलेबासस्थित पार्टी कार्यालयमा प्रहरीले छापा मारेपछि नेपालीभाषीहरु थप आक्रोशित भएका छन् । अनिश्चित कालीण्न आमहड्ताल जारी रहदा दार्जिलिङ जिल्लाका गाँउ गाँउबाट नेपालीभाषीहरु भेला भएर दार्जिलिङ्ग बजारमा आन्दोलन गरिरहेका छन् । आन्दोलन र आमहड्तालका कारण दार्जिलिङ्गका विद्यालय, बजार, पसल, यातायात, वित्तीय संस्था र सरकारी कार्यालयहरु बन्द छन् । आन्दोलनको असर पश्चिम बंगालसँग सिमा जोडिएका नेपालको झापा र इलामका नाकाहरुमा समेत देखिन थालेको छ ।

सम्भावित झडपलाई मध्यनगर गरेर राज्य सरकारले दार्जिलिङमा ठुलो संख्यामा प्रहरी तैनाथ गरेको छ । यसैबीच मोर्चाले दाजिर्लिङमा पत्रकार सम्मेलन आयोजना गरी पहाडमा देखिएको तनाव साम्य गर्न केन्द्र सरकारसँग माग गरेको छ । दशकौंदेखि गोर्खाल्याण्डको माग गर्दै आएका नेपालीभाषीले हाल पुनः आन्दोलन चर्काएका पछि केन्द्र तथा बंगाल सरकारले अब कस्तो रणनीति बनाउला त्यो नै अन्तिम बिषय बन्ने छ । यो सगै बंगाल सरकारको निर्णयको प्रतिक्षामा नेपालीभाषीहरु रहेका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);