राजपा नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजपा नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश

४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईका जिल्लामा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।

राजपा नेपालकी कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश

४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईका जिल्लामा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादवलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । काँग्रेसले आफू बढारिने चिन्ताका कारण सत्ताको दुरुपयोग गरी निर्वाचन सारेको उहाँको आरोप छ । उहाँले एमालेको पक्षमा जनलहर देखेरै सरकारले २ नम्बर प्रदेशको निर्वाचन असार १४ बाट असोज २ मा सारेको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध षड्यन्त्रपूर्वक भ्रम फैलाइएको गुनासो गर्नुभयो । उहाँले मधेशी जनतालाई आफूले कहिल्यै बिहार र युपी जाऊ भनेर भाषण नगरेको भन्दै पार्टी मधेश विरोधी नभएको प्रष्ट पार्नुभयो । एमाले अध्यक्ष ओलीले  दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न सबै दललाई आग्रह समेत गर्नुभयो ।

एमालेका सबैजसो शिर्ष नेताको उपस्थितिमा भएको कार्यक्रममा राजपा नेपालकी कोषाध्यक्ष अनिता यादवका साथै नेता राजेश्वर महासेठलाई एमालेमा प्रवेश गराइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);